काठमाडौं, २६ जेठ (ओएनएस): कोका–कोला अन्तर विद्यालय छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता–२०७१ यहि जेठ ३० गते देखि काठमाण्डौमा शुरु हुने भएको छ । कोका–कोला नेपालले युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा तथा राष्ट्रिय खेलकुद परिषदको समन्वयमा अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार कोका–कोला अन्तर विद्यालय छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता–२०७१ यहि जेठ ३० गते देखि काठमाण्डौमा शुरु गर्ने भएको हो ।
प्रतियोगितालाई विगतका वर्षहरुमा भन्दा बृहत रुपमा संचालन गर्ने कार्यक्रम अनुरुप संघ अन्तर्गत गठीत ४५ जिल्ला फुटबल संघहरु रहेका जिल्लाहरु काठमाण्डौ, ललितपुर र भक्तपुर सहित विभिन्न ४२ जिल्लाहरुमा जिल्ला स्तरीय प्रतियोगिता संचालन गर्ने कार्यक्रम रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
विद्यालय स्तर मध्येकै सर्वाधिक धनराशी पुरस्कार रहेको यस प्रतियोगितामा छात्र (केटा)तर्फको प्रथम हुने टिमलाई नगद तीन लाख रुपैया, द्धितिय हुने टिमलाई एक लाख पचास हजार रुपैया, तृतित स्थान हासिल गर्ने टिमलाई पचहत्तर हजार रुपैया र चौथो स्थान हासिल गर्ने टिमलाई पचास हजार रुपैयानगद पुरस्कारहरुप्रदान गरीनेछ भने छात्रा (केटी)तर्फ प्रथम हुने टिमलाई नगद दुई लाख रुपैया,द्धितिय हुने टिमलाई एक लाख रुपैया, तृतिय हुने टिमलाई पचास हजार रुपैया र चौथो हुने टिमलाई पच्चिस हजार रुपैया नगद पुस्कारहरुबाट पुरस्कृत गरीने बताईएको छ ।
अखिल नेपाल फुटबल संघ अन्तर्गत गठीत ४२ जिल्लाहरुमा कम्तिमा पनि १५ विद्यालयका फुटबल टिमहरुको सहभागीतामा जिल्ला स्तरीय प्रतियोगिता संचालन गरीनेछ । गत वर्ष देखि प्रतियोगितालाई (जिल्ला, क्षेत्र र राष्ट्रिय)स्तरमा गरी विभिन्न तीन चरणहरुमा संचालन गर्दै आएको छ ।
यस प्रतियोगिताको अनुमानित बजेट करीव एक करोड बीस लाख रुपैया रहेकोछ । यस प्रतियोगितालाई सुचारु रुपले संचालन गर्न युवा तथा खेलकुद मन्त्रालयबाट बीस लाख रुपैया अनुदान सहयोग प्रदान गरीएकोछ र प्रायोजक कोका–कोला नेपालबाट यस वर्ष पचास लाख रुपैया प्रायोजित गरीएकोछ । साथै अपुग रकम आयोजक अखिल नेपाल फुटबल संघबाट परिपुर्ति गरीने बताईएको छ ।
प्रतियोगिताको छात्र तथा छात्रा तर्फ छुट्टाछुट्टै उत्कृष्ठ गोलकिपर, डिफेन्स, मिडफिल्ड र फरवार्डहरुलाई पनि आकर्षक पुरस्कारबाट पुरस्कृत गरीनेछ भने प्रतियोगितामा उत्कृष्ट रहेका खेलाडीहरुलाई एन्फाको जिल्लाका प्रशिक्षक तथा अन्य प्रशिक्षकहरुले छनौट गरी नेपालका ख्याति प्राप्त भूतपूर्व राष्ट्रिय खेलाडीहरु तथा प्रशिक्षकहरुबाटप्रतियोगिता समाप्त भए पछि फुटबल विशेष प्रशिक्षण समेत प्रदान गरीनेछ ।
प्रतियोगिताका खेलहरु नकआउटको आधारमा खेलाईनेछ भने जिल्ला स्तरीय प्रतियोगिताहरु यहि जेठ ३१ गते देखि साउन २४ गते भित्र ४२ जिल्लाहरुमा संचालन गरीनेछन् । यस वर्ष सहभागीतामा बृद्धि गर्दै करीब १,५०० विद्यालयका फुटबल टिमहरुको सहभागीता गराईने लक्ष्य संघको रहेकोछ ।
Comments are closed.