जापान पठाईदिने भन्दै ठगी गर्ने पक्राउ

647
  •  
  •  
  •  

काठमाडौं, ८ असोज (ओएनएस)  : जापान पठाईदिने भन्दै ठगी गर्ने एक जना काठमाण्डौंमा पक्राउ परेका छन् ।

पाल्पा खस्यौली–७ घर काठमाण्डौं डिल्लीवजार वस्ने नविन घिमिरेलाई ११ लाख रुपैयाँसहित पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोकालले जनाएको छ । उनले जापान पठाईदिने भन्दै सिन्धुपाल्चोक धुस्कुन–२ का युवराज खत्रीलाई १८ लाख रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ ।

घिमिरेले नेपालमै बसी आफू जापानमा रहेको भनि फेसबुक मार्फत जापानकै आईपी लोकेशन देखाउने गराएको समेत प्रहरीको भनाई छ ।


  •  
  •  
  •