जातिय राज्यको मागमा हुने आन्दोलनको नेता पद्मरत्न

997
  •  
  •  
  •  

काठमाडौं, ३० असोज (ओएनएस) :    जातीय पहिचानसहितको संघीयता, संघीतासहितको संविधानको मागलाई लिएर मानवअधिकारवादी तथा जनजाति नेता पद्मरत्न तुलाधरको नेतृत्वमा आन्दोलनको घोषणा गरिएको छ । बिहीबार राजधानीमा आन्दोलनको घोषणा समारोहमा संयोजक तुलाधरले यो आन्दोलन जनजातिको मात्र नभई, उत्पीडनमा परेका दलित, मधेसी, महिलालगायत सबैको साझा आन्दोलन भएको बताए ।

काठमाडौंको गोंगबुमा बिहीबार भएको जनजातिहरुको भेलाले तुलाधरलाई आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको नेतामा सर्वसम्मत घोषणा गरेको हो । यस आन्दोलनमा प्रमुख राजनीतिक दलका जनजाती नेताहरु पनि सहभागि भएका छन् । त्यस्तै आन्दोलनमा नेपाल आदिवासी जनजाति महासंघ, महासंघअन्तर्गतका विभिन्न जातीय संगठनहरु पनि आवद्ध रहेका छन् ।

आन्दोलन घोषणा भेलामा संस्कृतिविद् सत्यमोहन जोशी देखि मल्ल के सुन्दर, ओम गुरुङ लगायत दलका नेताहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा आन्दोलनको नेतृत्व गर्ने घोषणा गरेका तुलाधरले आन्दोलन सम्झौताविहीन हुने बताए ।


  •  
  •  
  •