जलस्रोतमा नियन्त्रण गर्ने भारतीय प्रस्ताव

532
  •  
  •  
  •  

काठमाडौं, २ साउन । जलविद्युत विकासका नाममा भारतले नेपालको जलस्रोतमा आफ्नो नियन्त्रण कामय राख्ने गरी विवादास्पद प्रस्ताव पठाएको छ ।

भारतीय प्रस्ताव उपर ऊर्जा मन्त्रालयले गम्भीर अध्ययन सुरु गरेको छ । सन् २०१० मा नेपालले पठाएको ऊर्जा व्यापार सम्झौताको मस्यौदालाई पूर्णरुपमा बेवास्ता गरी भारतले एकलौटी ढंगले नेपालको जलस्रोत कब्जा गर्ने गरी प्रस्ताव गरेको पूर्वजलस्रोतमन्त्री एवं जलस्रोतविद् दीपक ज्ञवालीले बताए ।

उनी अघिल्लो साता पूर्व जलस्रोतमन्त्रीहरुलाई डाकी मन्त्रालयले गरेको प्रस्तुतीकरणमा सहभागी थिए ।  ज्ञवालीका अनुसार प्रस्तुततिका क्रममा भारतीय प्रस्तावको बुँदा नम्बर ३ र ३ ‘ए’ मा देखाइएको थियो । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।


  •  
  •  
  •