चन्द्रकान्त खनाल
रुपन्देही, २५ जेठ (ओएनएस): बन तथा भु—संरक्षण मन्त्री महेश आचार्यले बनको दिगो बिकास र संरक्षणका लागि सरकारले दशबर्षे कार्ययोजना अघि सारेको बताउँदै यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । उक्त कुरा उनले बुटवलमा आयोजित सामुदायिक बन उपभोक्ता समुह, बुटवलको १८ औँ साधारण सभा तथा बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै बताएका हुन् ।
बनको संरक्षण र बैज्ञानिक बिकास गर्न सकेमा मुलुकको आर्थिक बिकासमा महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गर्दै उनले आगामी दशक बैज्ञानिक बन दशक हुने बिश्वास ब्यक्त गरे। जनताको आर्थिक उन्नतीका लागि बन सहयोगी हुने बताउदै मन्त्री आचार्यले चुरे संरक्षण अभियानलाइ प्रभावकारी बनाउनु पर्ने कुरामा जोड दिए । उनले भने, ‘बन जंगलको संरक्षणमा जति सरकारको दायित्व छ, उति जनताको पनि छ।’