चीनीयाँ कम्पनीले ल्यायो सेल्फी स्मार्टफोन

706
  •  
  •  
  •  

ZTE-V5-selfie-phoneकाठमाडौ ,१८ भदौ(एजेन्सी) : चीनीयाँ कम्पनी ZTE ले नयाँ V5 सेल्फी स्मार्टफोन सार्वजनिक गरेको छ । यो नयाँ सेल्फी फोनको मूल्य करिब १७ हजार ५ सय रूपैयाँ पर्छ । यसमा ५ मेगापिक्सेलको क्यामरा र १.२ गिगाहर्जको क्वाड कोर CPU रहेको छ ।

ZTE ले आफ्नो नयाँ स्मार्टफोन V5 लाई निकै सिम्पल लुक्समा डिजानइन गरेको छ तर, हेर्दा भने निकै आकर्षक देखिन्छ । यसको फोन र बटनहरूलाई वरिपरिबाट निलो कलरले घेरा हालिएको छ । फोनको पछिल्लो भागलाई बलियो बनाउनका लागि यसमा म्याटी प्लाष्टिक प्रयोग गरिएको छ । फोनको दुवै तर्फ भोलुम र पावर बटन राखिएको छ ।

के विषेशता छ नयाँ स्मार्टफोनमा ?
– ZTE V5 मा १.२ गिगाहर्ज क्वाड प्रोसेसर प्रयोग गरिएको छ । यो फओनमा क्वालकम स्नैपड्र्यागन ४०० प्रोसेसर प्रयोग गरिएको छ ।

– यसमा १ गिबीको र्याम प्रयोग गरिएको छ ।

– ५ इन्चको डिस्प्ले स्क्रिन १०८० पिक्सेल रिजोलुशनका साथ प्रयोग गरिएको छ ।

– फोनको स्क्रिनमा कुनै मेनु दिइएको छैन्, मात्र बटन छन् ।

– फोनमा नुबिया २.५ युजर इन्टरफेस प्रयोग गरिएको छ, जुन इण्ड्रोइडको ४.४ किटक्याट हो ।

– फोनमा ४ जिबीको इन्टरनल स्टोरेज छ, जसलाई ३२ जिबी माइक्रो SD कार्डबाट बढाउन सकिन्छ ।

– सेल्फी फोनमा BSI सेन्सर रहेको ५ मेगापिक्सेलको क्यामरा रहेको छ ।

– ZTE le फोनमा सेल्फी पिक्चरलाई राम्रो बनाउनका लागि हाई प्रसिसन अप्टिकल लेन्सको प्रयोग गरिएको छ ।

 

 


  •  
  •  
  •