चिकित्सकलाई सात घन्टा अनिवार्य

720
  •  
  •  
  •  

३१ असार, काठमाडौँ । उपस्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीदेखि लिएर ठूला अस्पतालमा कार्यरत चिकित्सकहरुले अब कम्तथीमा सात घन्टा अनिवार्य सेवा दिनै पर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयले सवै सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुले कम्तीमा पाँच घन्टा ओपीडी सेवा दिनु पर्ने र दुई घन्टा राउन्ड सेवा उल्लेख गरिएको छ ।

यसैगरी उपस्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा १० बजेदेखि ३ बजेसम्म अनिवार्य ओपीडी सञ्चालन गर्नु पर्ने र ५ बजेसम्म प्रशासनिक र आर्थिक कार्य गर्नु पर्ने भनिएको छ । एक साताअघि भएको सो निर्णय कार्यान्वयनका लागि मातहतका सवै निकायमा पठाइसकिएको मन्त्रालयले जनाएको छ । सरकारद्वारा प्रदान गरिने स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सो निर्णय गरिएको मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा। गुणराज लोहनीले बताए ।

उनले नेपाल सरकारको नियमलार्य कार्यान्वयन गर्नका लागि मन्त्रालयले सुरु गरेको बताए । अब चिकित्सक र स्वास्थ्यकर्मीले सरकारको निर्णयलाई नमानेर आफ्नो ड्युटी समयभर सेवा नदिई भाग्नेको सो दिनको तलब काट्ने तयारी भएको उनले वताए ।

राजधानी दैनिक


  •  
  •  
  •