गणतन्त्र स्थापनापछि सदनमा पहिलो पटक प्रिबजेट छलफल

791
  •  
  •  
  •  

 

काठमाडौं, ३० जेठ (ओएनएस) सभासद्हरुले नयाँ बजेटमा कृषि, उर्जा, पर्यटन, भौतिक पूर्बाधार र सामाजिक सुरक्षालाइ प्राथमिकता दिनुपर्ने बताएका छन् ।

व्यबस्थापिका संसदमा आजदेखी सुरु प्रिबजेट छलफलमा भागलिदै सभासद्हरुले कृषि क्षेत्रको आधुनिकीकरणलाइ जोड दिनुपर्ने बताएका हुन् ।सभासद्हरुले तत्काल रोजगारी सृजना गर्ने खालका कार्यक्रममा जोड दिनपनि आग्रह गरेका छन् ।

बजेटपूर्बको छलफलमा भागलिदै एकीकृत माओवादीका डा बावुराम भट्टराईले परनिर्भर अर्थतन्त्रलाइ आत्मनिर्भर बनाउन कृषि क्षेत्रमा लगानी बृद्धि गर्नुपर्ने बताए । कृषि, उर्जा, पर्यटन र सामाजिक सुरक्षालाइ प्राथमिकता दिन आग्रह गर्नुभयो । सरकारले पेश गरेको बजेटका सिद्धान्त गलत भएको दावीगर्दै भट्टराइले गरिवि निवारण गर्ने लक्ष सहितको बजेट ल्याउन सुझाव दिनुभयो ।

नेपाली कागे्रसका रामचन्द्र पौडेलले सामाजिक सुरक्षा र पूर्बाधार विकासलाइ महत्व दिनुपर्ने बताउनुभयो । देशलाइ सम्पन्नतामा लैजाने विकल्प कृषि क्षेत्र भएकोले यस क्षेत्रमा बजेट बृद्धि गर्नुपर्ने उहाँले बताउनुभयो ।

पौडेलले उर्जा विकासका लागि राज्यको संगसंगै बिप्रेषण र व्यक्तीको लगानी समेत आकर्षित गर्ने नीति ल्याउन सुझाव दिन’भयो । नेकपा एमालेका सुरेन्द्र पाण्डेले रोजगारी सृजन ागर्ने किशिमका भौतिक पूर्बाधार विकासमा जोड दिनुभयो । कृषि र उर्जा क्षेत्रमा बजेट बढाउन उहाँले सुझाव दिन’भयो । आयात घटाउने र निर्यात बढाउने कार्यक्रम बजेटमा ल्याउन’पर्ने पाण्डेको सुझाव थियो ।

संघीय समाजवादी पार्टीका अशोक राईले समावेशी विकासलाइ जोडदिनु आबस्यक रहेको बताउनुभयो । उहाँले स्वास्थ्य विमा लाइ कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । गणतन्त्र स्थापना भएयता पहिलो पटक संसदमा प्रिबजेट छलफल सुरु भएको हो ।


  •  
  •  
  •