काठमाडौं, ७ जेठ (ओएनएस) : अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले बुधबार बिहान साढे १० बजे राजधानीको अनमानगरमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षको गाडी जलाएका छन् । त्रिविले घोषणा गरेको स्ववियु निर्वाचनको विरोधमा रहेको सो संगठनले बा१०च४३८० नम्बरको गाडी जलाएको हो ।
आगोले गाडीमा पूर्णरुपमा क्षतिग्रस्त भएको छ । गाडीमा दन्दनी आगो बल्न थालेपछि स्थायीको खबरमा न्युरोडबाट आएको दमकलले आगो नियन्त्रणमा लिएको थियो । गाडी जलाएको आधा घण्टापछि प्रहरी घटनास्थलमा आइपुगेको
थियो ।


