कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ८ सय १२ पुग्यो

70
  •  
  •  
  •  

काठमाडौँ, कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २१ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २१ थपिएको हो ।

विहीबार थपिएको यो संख्या सँगै देशभर कोरोनाको कारण मृत्यु हुनेहरुको संख्या ८ सय १२ पुगेको छ ।

यसअघि बुधबार २६ र मंगलबार आठजनाको कोरोना संक्रमणको कारण मृत्यु भएको मन्त्रालयले जनाएको थियो ।


  •  
  •  
  •