कोका–कोलाद्वारा फिफा वर्ल्डकप म्याच लाइभ हेर्नजाने अन्तिम विजेताको नाम घोषणा

914
  •  
  •  
  •  

काठमाडौँ, २४ जेठ (अाेएनएस): कोका–कोलाले “फिफा वर्ल्डकप चान्स टु फ्लाई टु ब्राजिल” नामक यु.टि.सी. क्याम्पेन मार्फत ब्राजिलमा फिफा वल्र्डकप म्याच लाइभ हेर्न जाने चौथो तथा अन्तिम विजेतामा झापाका डिल्ली राईकाे नाम घोषणा गरेको छ । यसै योजना मार्फत तीन भाग्यशाली विजेताहरु – शंकर पौडल, टेक बहादुर मल्लर टंक बहादुर पाण्डेले ब्राजिलको फ्री ट्रिपको मौका पाइसकेका थिए ।

समाजसेवी तथा व्यापारीका रुपमा कार्यरत डिल्ली राई, ब्राजिलमा वल्र्डकप हेर्न जाने फ्री ट्रिपको चौथो तथा अन्तिम टिकटका विजयी भएका छन् । सबै ४ जना विजेताहरु कोका–कोलाको तर्फबाट जुलाई २ (असार १८) मा ब्राजिलमा फ्री ट्रिप गइ वल्र्डकपको एउटा क्वाटर फाइनल म्याच हेर्नेछन् ।

ब्राजिलमा फिफा वल्र्डकप म्याच लाइभ हेर्ने अन्तिम भाग्यशाली विजेताका साथ–साथै यस पाँचौँ लक्की ड्र मार्फत २०० जनाले कोका–कोलाका पुरस्कारहरु– जस्तै टि–सर्ट, क्याप, पेन ड्राइभ र चिसो रिफ्रेसिङ कोका–कोला– पनि जितेका थिए ।

अप्रिल १०, २०१४ देखि मे २५, २०१४ सम्म भएको यु.टि.सी. क्याम्पेन कोका–कोलाको २५० मि.लि., ३०० मि.लि., ५०० मि.लि. र १.५ लि.बोतलहरुमा मात्र उपलब्ध थियो । योजना अवधि भरिमा ग्राहकहरुले २५० मि.लि.को कोका–कोला बोतलकामार्फत ६ लाख वटा फ्रि ड्रिङक पनि जितेका थिए ।


  •  
  •  
  •