कृषकलाई ५० हजारसम्मको सहुलीयत ऋणः कृषि मन्त्री

1105
  •  
  •  
  •  

बुटवल, २६ जेठ (अाेएनएस): कृषि मन्त्री हरिप्रसाद पराजुलीले कृषकहरुलाइ परिचय पत्रकै आधारमा ५० हजार सम्मको ऋण सहज रुपमा उपलब्ध गराइने बताएका छन् । आगामी साउन महिनादेखि हरेक जिल्लामा रहेका कृषि बिकास कार्यालय सहित कृषिसंग सम्बन्धित सबै संस्थाहरुलाइृ परिपत्र गरेर कृषकको परिचयपत्र बनाउन लगाउने बताए । उनले सोहि परिचय पत्र धरौटी राखेर बिना झण्झट ५० हजार सम्मको ऋण सहजरुपमा दिइने उल्लेख गरे । अन्तराष्ट्रिय पारिवारिक खेती बर्ष २०१४ को अबसरमा रुपन्देहीको बुटवलमा आयोजित लुम्बिनी अञ्चल स्तरिय बृहत र्याली तथा सभालाई सम्बोधन गर्दै मन्त्री पराजुलीले कृषकहरुलाई सहकारीमा मात्र नभइ साना साना समूह बनाएर कृषक समूहमा आबद्ध भएर सरकारले दिने सेवा सुबिधाको उपयोग गर्न आग्रह गरे । मन्त्री पराजुलीले कृषकहरुलाइ अब नयाँ प्रबिधि र सीपका साथ ब्यबसायिक कृषि गर्न पनि अनुरोध गरे ।

अहिले किसानलाइ सबैतिर अबसर भएको चर्चा गर्दै पराजुलीले किसानलाई ब्यबसायिक बनेर आय आर्जन बढाउने तर्फ पनि सोच्न आग्रह गरे । कार्यक्रममा साना किसान कृषि बैंकका खेम पाठक, खाम प्रसाद रेग्मी, जिल्ला सहकारी संघका भिम तुलाचन, यज्ञ गैरे लगायतले बोल्दै सरकारले आम नागरिकलाइ समयमै बिउ, बिजन तथा नंया प्रबिधिको प्रयोगले उत्पादन बढाउने खालका कार्यक्रम ल्याउन आग्रह गरे ।

कार्यक्रम पुर्ब बुटवलको पुष्पलाल पार्कबाट शुरु भएको र्याली मिलनचोक, हिलपार्कमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा लुम्बिनी अञ्चलका रुपन्देही सहित गुल्मी, पाल्पा, अर्घाखांची, कपिलबस्तु र नवलपरासीका किसानको उपस्थिती रहेको थियो ।


  •  
  •  
  •