कियाको नयाँ सोल नेपाली बजारमा

733
  •  
  •  
  •  

काठमाडौँ, १८ जेठ (ओएनएस) नेपालका लागि किया मोटर्स (कोरिया)को आधिकारिक विक्रेता कन्टिनेन्टल एसोसिएट्स प्रा. लि. ले नेपाली बजारमा नयाँ सोल भित्र्याएको छ । आइतवार पत्रकार सम्मेलन गरि कम्पनिले सन् २०११ मा नेपाली बजारमा आएको सोल भन्दा धेरै परिस्कृत डिजाइनमा आएको नयाँ सोल १।६ लिटर पेट्रोल र डिजल मोडेलहरुमा उपलब्ध हुने जानकारी दिएको हो ।

यूरोप र अमेरिकी बजारमा धेरै अवार्ड र ख्याती बटुलिसकेको र यूरो एनक्यापबाट ५ स्टार सेफ्टी अवार्ड प्राप्त गर्न सफल भइसकेको कम्पनिले जानकारी दिएको छ । उक्त गाडिको अझ मजबुत, लामो र चौडा च्यासिसले यात्रु र सामानका लागि अझ धेरै ठाउँ प्रदान गर्ने साथ–साथै ध्वनि एवम् भाइब्रेसनको मात्रा पनि उल्लेख्य रुपमा कम गर्ने कम्पनिले जानकारी दिएको छ । यसका साथै यो नयाँ सोलमा स्मार्ट की, पूस बटन स्टार्ट, अगाडी र पछाडि पाकिर्ङ सेन्सर, रियर भ्यू क्यामरा, क्लाइमेट कन्ट्रोल ए.सी. एवम् आयोनाइजर, पूर्णतया डिजिटल सुपरभिजन क्लस्टर, अगाडी र पछिल्लो सिटमा आर्म–रेस्ट, म्युजिक कन्ट्रोल, ब्लुटूथ आदि फिचरहरु रहेका छन् ।

नेपाली बजारको परिप्रेक्षमा, अहिले नेपाली उपभोक्ताहरु सहरी युटिलिटी भेईकलमा बढी आकर्षित भइरहेको सन्दर्भमा, नयाँ सोललाई धेरै रुचाइने कम्पनिको दाबी छ । कम्पनिले शुरुवाती मुल्य पेट्रोलका लागि ४७ लाख र डिजलका लागि ५१ लाख तोकेको छ भने सुरुको बर्र्षमा १२५ देखि १५० वटा नयाँ सोल बेच्ने लक्ष्य राखेको छ ।


  •  
  •  
  •