कानुनी, जिम्मेवार र वातावरण–मैत्री पेट संकलन उद्यम शुरु

937
  •  
  •  
  •  

काठमाडौ, ३० जेठ (ओएनएस)स् नेपालको पहिलो कानुनी, जिम्मेवार र वातावरण–मैत्रीपेट संकलन उद्यम शुरु भएको छ । कोका–कोला, बोटलर्स नेपाल, जिआईजेड, हिमालयन क्लाइमेट इनिसिएटिभ (एच.सि.आइ) गणेशा इकोस्फियर, प्राक्टिकल एक्सन, र यूएन ह्याविट्याटजस्ता बहु–स्टेकहोल्डर भएको अभियान पछि गएर आत्मनिर्भर सामाजिक उद्यमका रुपमा स्थापित हुने बताईएको छ ।

सामाजिक उद्यमले पेट बोतलहरुको उचित संकलन र व्यवस्थापनका लागि काम गर्नेछ जसका माध्यमबाट पिछडिएका महिलाहरुको लागि धेरैवटा रोजगारीका अवसरहरु प्रदान गर्नुका साथै फोहोर उठाउने कामदारहरुको जीविकोपार्जनमा सुधार गर्नेछ र नेपाललाई सफा राख्न मद्दत गर्नेछ । हिमालयन क्लाइमेट इनिसिएटिभले अन्य संस्थाहरुसँग मिलेर चलाएको यस पेट संकलन उद्यमलाई नेपाल सरकारले पनि मद्दत गरेको छ ।

कोका–कोला इन्डिया र दक्षिण पश्चिम एसियाका प्रविधिक उप–सभापति असिम पारेखले बायोडिग्रेडेबल नभएकाले यस्को व्यवस्थापन र रिसाइकलमा निकै ध्यान पुर्याउनु पर्ने बताए । कोका–कोलाले काठमाडौँमा पेट बोतलहरुको उचित संकलनका लागि ठाउँ–ठाउँमा संकलन प्रणालीको स्थापना गर्ने उनले जानकारी दिए ।

जर्मनीको आर्थिक सहयोग र विकास मन्त्रालयसँग संलग्न जिआईजेडले प्रविधिक सहयोग प्रदान गर्ने बताईएको छ ।


  •  
  •  
  •