कति लचकदार छन् यी ६ वर्षीय बालक…(फोटोफिचर)

1046
  •  
  •  
  •  

काठमाडौ, ९ साउन(एजेन्सी): भनिन्छ, हरेक मानिसमा केही न केही विषेशता हुन्छ । केही मानिसको विषेशता निकै चाडो देखिन्छ त कसैको विषेशता थाहा पाउन निकै गाह्रो हुन्छ ।

यस्तै एक ६ वर्षिय बालकको विषेशता देख्दा निकै अनौठो लाग्छ । मात्र ६ वर्षको उमेरमा उनले देखाएका स्टन्टहरूले उनलाई विषेश बनाएको छ । भारतको बेङ्लोरका ६ वर्षीय गगन सतिशले आफ्नो शरिरलाई यसरी भूईमा सुताउँछन् जसलाई देख्दा लाग्छ यो कसरी सम्भव छ । गगनले आफ्नो शरिरलाई भुईमा मजाले सुताउन सक्छन् त्यो पनि पहिले खुट्टा पुरा फट्याएपछि । उनी पहिले आफ्नो खुट्टा फट्याउँछन्, त्यसपछि आफ्नो जिऊलाई झुकाएर जमिनमा सुताउँछन् ।

उनी कारको तलबाट सहजै वारपार गर्न सक्छन् । यस्तै, उनी सोडाको मात्र १८ इन्चको उचाईमा समेत छिर्न सफल भएका छन् । यस्तै, उनले ७० मिटरसम्म फैलिएको ३९ वटा कारलाई मुनीबाट २९ सेकेण्डमा पार गरेर नयाँ विश्व रेकर्ड नै कायम गरेका छन् । जुन गिनिज बुकमा समेत समावेश गरिएको छ । उनले यसका लागि खुट्टामा रोलरको प्रयोग गरेका थिए ।

हेरौ उनका केही स्टन्टहरू…

gagan satish the super flexible boy gagan satish the super flexible boy1 gagan satish the super flexible boy2 gagan satish the super flexible boy3 gagan satish the super flexible boy4

 


  •  
  •  
  •