कटुवा पेस्तोलसहित एक पक्राउ

1780
  •  
  •  
  •  

दिलीप सिंह सिरहा, २२ जेठ (ओएनएस): इलाका प्रहरी कार्यालय लहानले विहिवार सिरहाको छपराडी बजारस्थित एक पसलबाट हतियार सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको रामपुर पि.प्रा. गाविस वडा नम्बर ८ बस्ने वर्ष ३० को मणिलाल कामैत रहेको इलाक प्रहरी कार्यालय लहानले जनाएको छ ।

विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट प्रहरी निरीक्षक सन्तोष निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले छपराडी बजारमा रहेको पप्पु पान पसलमा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल भेटिएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयालले बताए । लहानका प्रहरी निरीक्षक निरौलाका अनुसार पक्राउ परेका कामैत हतियार बरामद भएको पान पसलका संचालक हुन् । कामैतलाई हातहतियार मुद्दामा आवश्यक कार्वाही गर्न लहान प्रहरीको हिरासतमा राखिएको छ । उनलाई हातहतियार तथा खरखजाना ऐन २०१९ अनुसार कार्वाही हुने प्रहरीले जानकारी दिएको छ ।

कामैतको पप्पु पान पसलको छेऊमा रहेको औषधी पसलका संचालकको बैशाख २८ गते अपहरण भएको थियो । अपरहणमा परेका विरेन्द्र महतोलाई सिरहा प्रहरीले धनुषा जिल्लाबाट अपहरण मुक्त गराएका थिए ।


  •  
  •  
  •