एमाले केन्द्रिय कमिटि बैठक आज पनि

743
  •  
  •  
  •  

काठमाडौं, २४ जेठ (ओएनएस) ः नेकपा एमाले केन्द्रीय कमिटी बैठक शनिबार पनि बस्दै छ । दिउँसो १ बजेपछि पार्टी केन्द्रीय कार्यालय बल्खुमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

छलफलका लागि विधानको मस्यौदा सदस्यहरूलाई वितरण गरिसकिएको छ ।

विधान संशोधनमा प्रस्तावना, झन्डा र सपथ ग्रहणको भाषा परिमार्जनको प्रस्ताव गरिएको छ । यसैगरी १ सय २५ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्षपछि दोस्रो मर्यादामा वरिष्ठ नेता, तीन जना उपाध्यक्ष, पाँच जना सचिवसहितको ११ सदस्य रहने पदाधिकारी निर्वाचित गर्ने प्रस्ताव गरिएको छ ।


  •  
  •  
  •