एमालेले भोटिङ मेसिन प्रयोग नगर्ने

1235
  •  
  •  
  •  

काठमाडौं २३ असार (ओएनएस) :

नेकपा एमालेको  नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने भएको छ । अध्यक्षका प्रत्यासी मध्यका एक माधवकुमार नेपाल पक्षले भोटिङ मेसिनको विश्वसनीयतामा प्रश्न उठाएपछि मतपत्र प्रयोग गरिने भएको हो । 

अध्यक्ष मण्डलका सदस्य  बिद्या भण्डारीका अनुसार भोटिङ मेशिनबारे एक पक्षले गम्भीर असहमति जनाएकाले मतपत्र नै प्रयोग गरिन लागेको हो । अध्यक्षका दुई प्रत्यासि मध्य एकले भोटिङ मेसिन प्रयोग गर्ने र अर्कोले प्रयोग गर्ने भन्नेमा अडान लिए पछि सोमवार अध्यक्ष मण्डलले भोटिंग मेसिन प्रयोग नगर्ने निर्णय गरेको हो । 


  •  
  •  
  •