काठमाडौैं, २० असार (ओएनएस) एकीकृत नेकपा माओवादीमा पार्टीभित्र देखिएको विवाद फेरि बल्झिएको छ ।
यसअघि ८ बुदे सहमतिसँगै पार्टीमा देखिएको विवाद समाधान भएपनि एमाओवादी स्थायी समितिले नेता बाबुराम भट्टराईपक्षले ८ बुँदे सहमति उल्लंद्धन गरेको निस्कर्ष निकालेको छ । आज बसेको स्थायी समितिमा भट्टराईपक्षका नेता भने सहभागि थिएनन ।
आजको बैठकमा पार्टीको भित्रको विवाद समाधान गरि संगठन बलियो बनाउने विषउमा छलफल भएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।