एनआरएनद्धारा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

1338
  •  
  •  
  •  

काठमाडौैं, २० असार (ओएनएस)

गैरआवासीय नेपाली संघले प्रधानमन्त्री सुशिल कोइरालालाई नेपालको समर्पित, त्यागि र राष्ट्रप्रेमी नेताको रुपमा लिँदै उहाँको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

अमेरिकाको न्युयोर्क स्थित मेमोरियल स्लोन केटरिङग क्यान्सर अस्पतालमा फोक्सोको क्यान्सरको बिकिरण पद्धतिबाट उपचार गराईरहनु भएका प्रधानमन्त्री कोइरालालाई गैरआवासीय नेपाली संघले बिश्वभर रहेका नेपालीहरुले एक अविभावकको रुपमा लिएको जनाएको छ ।

संघ अध्यक्ष शेष घलेले एक बक्तब्य जारी गर्दै भनेका छन् “गैरआवासीय नेपालीहरुका सरोकारका विविध विषयहरुमा उहाँ सधै संवेदनशिल रही यसका लागि व्यक्तिगत रुपमा क्रियाशिल रहनुका साथै नेपाल सरकारलाई सहयोगी भूमिका निभाउन अभिप्रेरित गर्दै आउनु भएको हाम्रो धारणा रहेको छ ।”

नयाँ संविधान जारी गर्ने तथा मुलुकलाई समृद्धीतर्फ उन्मुख गर्ने जिम्मेवारी बोक्नु भएका प्रधानमन्त्री कोइरालाले सबै राजनीतिक दलहरुसँग संवाद, समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बिश्वास पनि गैरआवासीय नेपाली संघले लिएको बक्तब्यमा उल्लेख छ।


  •  
  •  
  •