काठमाडौं, २४ जेठ (ओएनएस): ताइवानी कम्पनि एचटीसीको नयाँ स्मार्टफोन एचटीसी ‘वन E8’ को बारेमा पुरा जानकारी सार्वजनीक भएको छ । यो फोन स्न्यापड्रागन क्वाडकोर प्रोसेसरले संचालन हुन्छ । यो डुअल सिम भएको मोबाइल फोन हो जसले फोर जी सपोर्ट गर्छ र किटक्याट अपरेटिङ सिस्टममा आधारीत रहेको छ । उक्त फोनमा एचटीसी सेन्स 6 UII पनि रहेको छ ।
यो मोबाईल फोन ९.९ मिलीमीटर मोटो छ भने ब्याट्रीसहित यसको तौल १४५ ग्राम छ । यसको मल्टी टच स्क्रीन ५ इन्चको सुपर एलसीडी ३ हो जसको रिजोल्यूसन १९२० x १०८० पिक्सल छ ।
यो हेडसेट किटक्याट एन्ड्रोयड ४.४ मा आधारित छ तथा यसमा २ जीबी र्याम रहेको छ । यसमा इन्टरनल स्टोरेज निकै राखिएको छ अर्थात यसमा १६ जीबीसम्म डाटा स्टोर गर्न सकिन्छ । यसको अलावा मोबाईल फोनमा १२८ जीबी एक्सटर्नल कार्डको पनि सुविधा राखिएको छ । यसमा क्वाडकोर क्वालकम स्न्यापड्रागन ८०१ चिपसेट लागेको छ ।
एचटीसी ‘वन E8’ मा १३ मेगापिक्सलको रियर एएफ क्यामेरा छ जसमा एलईडी फ्लास पनि राखिएको छ । त्यसैगरि यसको अगाडिको क्यामेरामा पनि ५ मेगापिक्सेलको रिजोल्यूसन रहेको छ । यी दुवै क्यामेराले १०८० पिक्सल रिजोल्यूसनको भिडियो ३० फ्रेम प्रति सेकेण्डको गतिले रेकर्ड गर्न सक्दछ ।
यसमा अन्य फीचरहरु अन्तरगत फोर जी (एलटीई), थ्री जी, टू जी, वाई फाई ब्लूटुथ ४.० तथा जीपीएस रहेका छन् । यसमा एक्सील्रोमीटर, ब्यारोमीटर, जाइरो, लाइट तथा प्रोक्सिमिटी सेन्सर समेत राखिएको छ । यो मोबाईल फोनमा २६०० एमएचको ब्याट्री भएपनि यसलाई बदल्न भने सकिँदैन । यो फोनको बजार मुल्य थाहा नभएपनि यो फोन विश्व बजारमा छिटै आउने बताईएको छ ।