एकता विकास वैंकमा करिब १५ गुना वढी शेयर आवेदन

1741
  •  
  •  
  •  

काठमाडौं, २६ जेठ (ओएनएस): एकता विकास वैंकले जेठ २१ गते देखि २५ गते सम्म सर्वसाधारणकालागि ८ करोड रुपैंया वरावरको साधारण शेयर निष्काशन गरेकोमा माग भन्दा करीव १५ गुना भन्दा वढी रकमको शेयर आवेदन परेको छ ।

करीव २० हजार आवेदकहरुवाट १ अर्व १३ करोड ५१ लाख रुपैया भन्दा वढीको शेयर आवेदन परेको बैंकले जनाएको छ । वैंकको अधिकृत पूंजी ४० करोड, जारी पूंजी २० करोड र चुक्ता पूंजी १२ करोड रहेको छ । जारी पूँजीको ४० प्रतिशतले हुने शेयर रकम ८ करोड रुपैंया सर्वसाधारणको लागि छुट्याईएको थियो । शेयर जारी पश्चात वैंकको चुक्ता पूंजी २० करोड पुग्नेछ । वैंकले २०७१ आषाढ मसान्त भित्र शेयर वाँडफाँट गरी पूँजीकृती गर्ने लक्ष्य राखेको छ । बैंकको शेयर निष्काशन प्रवन्धकमा एनएमबि क्यापीटल लिमिटेड काठमाण्डौं रहेको छ ।

क्षेत्रीय स्तरमा स्थापित ख वर्गको विकास बैंकले २०६८ कार्तिक ७ गतेवाट कारोवार आरम्भ गरेको हो । केन्द्रीय कार्यालय बुटवलमा रहेको वैंकको कार्य क्षेत्र रुपन्देही, कपिलवस्तु र दाङ्ग गरी तीन जिल्लाहरु रहेको छ ।

बैकले विपन्न वर्गकर्जा, कृषि तथा कृषिजन्य कर्जा, घर जग्गा खरीद तथा आवाश निर्माण, हायर पर्चेज, साना तथा मझौला उद्यम कर्जा, उद्योग तथा व्यपार कर्जा, व्यक्तिगत कर्जा हायरपर्चेज कर्जाका साथै सुन चाँदी धितोमा समेत कर्जा प्रवाह गर्दै आएको जानकारी दिएको छ ।

बैंकले हालसम्म १ अर्ब २० करोड निक्षेप संकलन गरेको छ भने करीव १ अर्व रुपैंया कर्जा प्रदान गरेको छ । स्थापना देखिनै नाफामा संचालित वैंकको निष्कृय कर्जा प्रतिशत शुन्य रहेको छ । हाल करीव १७ हजार ग्राहकहरुले वैंकको सेवा लिदै आईरहेको बैंकले जनाएको छ ।


  •  
  •  
  •