उपनिर्वाचनमा २ लाख ५१ हजार ३ सय ४ मतदाता

822
  •  
  •  
  •  

काठमाडौं, ६ असार (ओएनएस) आइतवार हुने संविधानसभा उपनिर्वाचनमा २ लाख ५१ हजार ३ सय ४ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
शुक्रवार पत्रकार सम्मलन गरी प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले १ लाख २८ हजार ८ सय ८८ महिला र १ लाख २२ हजार ४ सय ११ पुरुष तथा ६ जना तेस्रो लिंगी रहेको जानकारी दिए ।
संविधानसभाको निर्वाचन पछि थप भएका करिब १२ हजार मतदातालाई नयाँ परिचयनपत्र प्रदान गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार उपनिर्वाचनमा मदतान अधिकृत, सहायक मतदान अधिकृत, निर्वाचनकालागि खटिने कर्मचारी, केन्द्रीय अनुगमन, जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगमा खटिने जनशक्तिमा कर्मचारी र स्वंयं सेवकगरी ३ हजार ५ सय २० जना रहेको आयोगले जनाएको छ ।

यो संगै उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा भएको आयोगले जनाएको छ ।


  •  
  •  
  •