उपनिर्वाचनको मतदान सुरु

1138
  •  
  •  
  •  

काठमाडौं, ८ असार (ओएनएस) मुलुकका चार वटा निर्वाचन क्षेत्रमा संविधानसभा उपनिर्वाचनको मतदान सुरु भएको छ । विहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।
चार निर्वाचन क्षेत्रमा २ लाख ५१ हजार ३ सय ४ जना मतदातालेआफ्नो मताधिकार प्रयोग गर्नेछन् । संविधानसभाको निर्वाचनमा दुई क्षेत्रबाट निर्वाचित भएका उम्मेदवारले एक क्षेत्र छोडेपछि काठमाौं, २ चितवन, ४, बर्दिया १ र कैलाली ६ मा उपनिर्वाचन भएको हो ।

विद्युतीय मेशिनमार्फत निर्वाचन भएकोले निर्वाचन भएको केही घण्टामा नै निर्वाचन परिणाम सार्वजनिकहुने आयोगले जनाएको छ । उनिर्वाचनमा दलहरुले आफ्नो सिट जोगाउँदै थप सिट बढाउने अभियानमा रहेका छन् । चार वटै निर्वाचन क्षेत्रमा कांग्रेस एमालेका उम्मेदवार विजय भएका थिए ।


  •  
  •  
  •