इजरायलमा विमान नउडाउन अमेरिकाको निर्देशन

943
  •  
  •  
  •  

काठमाडौ, ७ साउन (एजेन्सी): गाजामा जारी संघर्षको बीच अमेरिका र युरोपका नागरिक उड्डयन नियन्त्रकहरूले विमान कम्पनीहरूसँग इजरायलका लागि हवाई सेवामा स्थगित गर्न आग्रह गरेको छ ।

इजरायलमा सुरक्षा समस्याका कारण यस्तो निर्णय गरिएको बताइएको छ । केही समयअघि एक रकेट तेल अवीव विमानस्थल नजिकै खसालिएको थियो । अमेरिकाको संघीय विमान प्रशासन (एफएए)ले डेल्टा, युनाइटेड र युएस एयरवेजलाई २४ घण्टाका लागि इजरायलका लागि विमान सेवा रोक्न निर्देशन दिएको छ ।

us-flights-ban-in-USAयुरोपियन एविशन सेफ्टी एजेन्सीले पनि आफ्नो एयरलाइन्स कम्पनीहरूलाई तेल अवीवका लागि उडान नगर्न निर्देशन दिइएको छ । इजरायलका प्रधानमन्त्री बिन्यिमिन नेतान्याहूले अमेरिकाबाट यस फैसलालाई समीक्षा गर्नका लागि अपिल गरेका छन् ।

इजरायलको यातायात मन्त्रालयका अनुसार तेल अवीवका बेन ग्यूरियान हवाई अड्डा पूर्ण रूपमा सुरक्षित छ ।

यसभन्दा पहिले संयुक्त राष्ट्र महासचिव वान की मूनले इजरायल र प्यालेस्टिनीसँग अपिल गरेको छ की उनीहरू गाजामा भइरहेको संघर्षलाई समाप्त गर्नका लागि अहिले भइरहेको लडाई रोकेर बातचित सुरू गरौ । इजरायलको तर्फबाट कुटनीतिक प्रयास गरिएपछि मुनले यस्तो बताएका हुन् ।

अधिकारीहरूका अनुसार गाजामा १४ दिनदेखी जारी लडाईमा ६ सय प्यालेस्टिनी र २९ इजरायली मारिएका छन् । यसभन्दा पहिले अमेरिकी विदेश मन्त्री जोन केरीले मिस्रको संघर्ष विरामको प्रस्तावलाई आधार बनाएर युद्धविराम गर्नुपर्ने बताएका छन् ।

गाजाका स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ३ हजार ६ सय ४० मानिस घाइते भएका छन् । गाजामा जारी संकटका बीच इजरायलले भनेको छ की संघर्ष विराम प्रस्तावहरू नमान्नेका लागि हमासलाई जिम्मेदार ठहराइनुपर्छ ।


  •  
  •  
  •