आहारारा गोल्डकपको १३ औं संस्करण आजदेखि

1191
  •  
  •  
  •  

काठमाडौं २० माघ (ओएनएस) ; मोफसलको चर्चित आहारारा गोल्डकपको १३ औं संस्करण आजदेखि पोखरामा सुरु हुनेछ । आयोजक सहारा क्लब पोखरा र नवजनजागृति युवा क्लब सिमराको प्रतिस्पर्धासँगै प्रतियोगिताको उद्घाटन हुनेछ । दुवै टिम पहिलोपटक आमनेसामने हुन लागेका हुन् ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, लक्ष्मी हुन्डाई मनाङ(मस्र्याङ्दी क्लब, थ्री(स्टार क्लब, झापा एघार फुटबल क्लब र एफसी यूके सहभागी छन् । यसैगरी प्रतियोगितामा पहिलोपटक नयाँ पाँच टिम जगदम्बा लुम्बिनी फुटबल क्लब, कञ्चनजंघा फुटबल क्लब, भारत, सुदूरपश्चिमाञ्चल फुटबल क्लब कैलाली, अल्ट्रसट टाउन एफसी यूकेले भाग लिएका छन् ।

प्रिक्वाटर खेल्दै उपाधि जितेमा ४ लाख ११ हजार र क्वाटरफाइनल खेल्दै जितेमा ३ लाख ९६ हजार रुपैयाँसहित सिल्ड र प्रिक्वाटर खेल्दै उपविजेता बनेमा २ लाख ६१ हजार तथा क्वाटरफाइनल खेल्दै उपविजेता भएमा २ लाख ४६ हजार रुपैयाँ पाउनेछन् ।


  •  
  •  
  •