आन्दोलन गर्न महासंघ र तुलाधरबीच सहमति

893
  •  
  •  
  •  

काठमाडौं, १ मंसिर (ओएनएस) : अब बन्ने संबिधानमा जातीय पहिचान सहितको राज्य हुनुपर्ने माग राख्दै आएको नेपाल आदिबासी जनजाति महासंघ र पद्मरत्न तुलाधर नेतृत्वको राष्ट्रिय आन्दोलन समितिले संयुक्त रुपमा आन्दोलन गर्ने भएका छन् ।

काँग्रेस–एमालेले ल्याएको सात प्रदेशको प्रस्तावमा असन्तुष्ट रहेका उनीहरुले आन्दोलन गर्नको लागि सोमबार सहमति गरेका हुन् ।

दुबै पक्षले आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको कार्यालय अनामनगरमा सहमति गरेका थिए ।

जनजाती महासंद्धका अध्यक्ष नागेन्द्र काुल र तुलाधरले संयुक्त बक्तब्य निकाल्दै जातीत पाहिचान सहितको संघीत संविधानको जारी गर्ने मद्दामा एक भएकार आन्दोलन गर्ने सहमति भएको जनाएका हुन् ।

यसअघि तुलाधर पक्षले थाहै नदिई आन्दोलन गर्ने घोषणा गरेपछि महासंघ असन्तुष्ट भएको थियो ।

 


  •  
  •  
  •  

Comments are closed.