आन्तरिक लेखा परिक्षकहरुको राष्ट्रिय सम्मेलन हुने

706
  •  
  •  
  •  

काठमाडौं, २७ जेठ (ओएनएस): नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई)ले यही असार ६ गते काठमाण्डौमा आन्तरिक लेखा परीक्षकहरु सम्मिलित ‘आन्तरिक लेखा परिक्षकहरुको राष्ट्रिय सम्मेलन’ विषयक एक दिने सम्मेलनको आयोजना गर्ने भएको छ । कार्यक्रममा विशेषत नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लागु हुन गैरहेको ‘जोखिममा आधारीत लेखा परिक्षण’ विषयमा केन्द्रित हुनेछ ।

उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय स्रोत व्यक्तिका रुपमा थेरेसा करुणाकरन रहने ईन्ष्टिच्युटले जानकारी दिएको छ । उनी रिजर्भ बैंक अफ ईण्डिया (आरबीआई) को सुपरीवेक्षण शाखाको महाप्रवन्धकमा कार्यरत थिए । आरबीआई र एनआबीएम हरुबाट बैंक तथा वित्तीय संस्थामा कार्यरत धेरै जना कर्मचारीहरुलाई तालीम प्रदान गर्नुका साथै आन्तरिक लेखा परीक्षण सम्बन्धी विभिन्न कार्यक्रमहरुमा आरबीआईको प्रतिनिधित्व गरी विभिन्न देशमा आयोजित सभा तथा सम्मेलनहरुमा भाग लिई सकेका व्यक्ति रहेको बताईएको छ ।

आन्तरिक लेखा परीक्षण सम्बन्धी ज्ञान तथा सीपहरु आदान प्रदान गर्नुका साथै यस क्षेत्रमा देखा परेका चुनौती तथा समस्याहरु छलफल गरी समाधान गर्न मद्दत पुर्याउने उद्देश्यले ईन्ष्टिच्युटको समन्वयमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सहभागितामा आन्तरिक लेखा परीक्षकहरुको सहभागितामा हालै एउटा आन्तरिक लेखा परीक्षकहरुको फोरम स्थापना भएको एनबीआइले जनाएको छ ।


  •  
  •  
  •