आठ सय उद्योग खारेज

796
  •  
  •  
  •  

काठमाडौं ३० बैशाख ।
उद्योग दर्ता गरेर १० वर्षसम्म नवीकरण नगरी सञ्चालनमा रहेका र सञ्चालन नगरी निस्क्रिय रहेका इलामका आठ सय ३४ वटा घरेलु उद्योग खारेजीमा परेका छन् ।

एक लाख रुपैयाँदेखि २० लाखसम्म लगानीमा स्थापना गरिएका निजी घरेलु उद्योग खारेजीमा परेका छन् । घरेलु तथा साना उद्योग विकास समिति इलामका उद्योग अधिकृत नवराज पाठकका अनुसार उद्योग स्थापना गरेर नवीकरण नगरी करिब १० वर्ष निष्किृय बसेका सात सय ५४ वटा भरेलु उद्योग विभाग र ८० वटा उद्योग घरेलु जिल्ला कार्यालयले नै प्रकृया पुर्‍याएर खारेज गरेको हो ।

कार्यालयका अनुसार हाते चिया, अलैँची, पशुपालन सिलाइ कटाई, राइस मिल, निर्माण सेवालगायतका उद्योग बढीमात्रामा खारेजीमा परेका हुन् । जिल्लामा हालसम्म दुईल हजार नौ सय २१ वटा घरेलु उद्योग दर्ता भएकोमा दुई हजार ८६ वटा सञ्चालनमा छन् ।

अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •