आगामी बजेट ६ खर्व ५० अर्बको हाराहारीमा पुग्ने

380
  •  
  •  
  •  

काठमाडौ, ७ जेठ (ओएनएस) :  आगामी आर्थिक वर्षको बजेट ६ खर्व ५० अर्बको हाराहारीमा पुग्ने भएको छ । रिपोर्टर्स  क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय योजना आयोगका सदस्य चन्द्रमणी अधिकारीले आयोगले ५ खर्व ९६ अर्बको सिलिङ तोके पनि त्यो बढेर ६ खर्व ५० अर्बको हाराहीमा आउन सक्ने बताए । 
साक्षात्कारमा उनले मुलुकको अर्थतन्त्रलाई क्रियाशिल बनाउने, तिब्र आर्थिक बृद्धि दर हासिल गर्ने र २०२२ सम्म विकसित राष्ट्रको  सुचिमा पुर्याउने गरी ८ प्रतिसत जीडीपी पुर्याउने लक्ष्यका साथ बजेट निर्माण भएको जानकारी दिए ।
अधिकारीले मुल्यबृद्धि कम गर्ने, रोजगार अभिबृद्धि गर्ने र पुजिगत खर्च बढाउने कार्यमा जोड दिईएको जानकारी दिदै उर्जा, भौतिक पूर्वाधार निर्माण, कृषि र पर्यटनलाई पनि उच्च महत्व दिईएको बताए । आयोगले मोडल बजेट बनाएर सरकारलाई दिईसकेको जानकारी समेत उनले साक्षात्कारमा दिए ।
पूर्व अर्थ सचिव रामेश्वर खनाले पँुजितग खर्च गर्न सक्ने भए आन्तरिक र बाह्य ऋण लिएर बजेटको आकार अझै बढाउँदा हुने सुझाव दिदै जीडीपीको तुलनामा अझै पनि  ऋण कम भएको बताए । ठूला र नयाँ योजना ल्याउँदैमा विकास नहुने तर्क गर्दै उनले भएका र राष्ट्रिय गौरबका आयोजनालाई सम्पन्न गर्न प्रयाप्त बजेटको विनियोजन गर्ने, रोजगार बढाउने र आर्थिक बृद्धि दर बढाउने योजनाकासाथ बजेट ल्याउनु पर्ने धारणा राखे ।
खनालले पँुजिगत खर्चमा अर्थमन्त्रालयले आफैमा केन्द्रीकृत गर्न खोज्दा ५४ अर्ब रुपैया अझै खर्च हुन नसकेको गुनासो गर्दै अर्थमन्त्रालयले बजेटमा सरोकारवालाहरुको स्वामित्व बोध गर्ने योजना ल्याउनु पर्नेमा जोड दिए । बजार उच्छृंखल र नियन्त्रणविहीन बनेकाले लोकतान्त्रिक राज्य निर्माणमा असहयोग भएको भन्दै त्यसलाई नियन्त्रणमा राख्ने योजना समेत ल्याउनु पर्ने बताए ।
योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले बजेट ठूलो आकारको ल्याउँदैमा विकास नहुने दावी गर्दै पुँजीगत खर्च बढाउने योजना ल्याउनु पर्ने बताए । सबै आफैमा केन्द्रीत गर्ने गरी अर्थमन्त्रालय सेरोगेटिभ पद्धतिबाट अघि बढ्दा सम्बन्धित निकायलाई स्वामित्व ग्रहण गर्न नदिँदा पँुजिगत खर्च हुन नसकेको आरोप लगाउँदै सुधारको आवश्यकता औल्याए ।
उनले उर्जा र उत्पादन सबै नेपालीको आह्वान  भन्ने नाराको साथ तीन वर्षभित्र विकास गर्ने गरी बजेटमा योजना ल्याउन सुझाव दिदै कृषि, पर्यटन र मानव संसाधनको विकास गरेर ८ प्रतिसत जीडीपी हासिल गर्न नसके विकासका सबै योजना नारामा मात्रै सिमित हुने चेतावनी दिए ।
चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष बजेटमा राम्रा योजना भए पनि कार्यान्वयन क्षमतामा ह्रास आएको दावी गर्दै बजेट कार्यान्वयनको क्षमता हासिल गर्न सके अािर्थक विकास हासिल हुन सक्ने बताए ।
उनले निजी र सरकारी संयूक्त लगानीमा राष्ट्रिय गौरबको आयोजना बनाउनु पर्ने बताउँदै राजस्व असुल गरेरमात्रै देश विकास हुन नसक्ने बताए । उनले भने–आर्थिक विकासको लागि मिसन र भिजन चाहियो ।

  •  
  •  
  •