काठमाडौं, १६ मंसिर(ओएनएस) : इन्टरनेशनल मनि एक्सप्रेस (आइएमई) ले मोवाइल एप सेवा सुरु गरेको छ । रेमिट्यान्स क्षेत्रमा आधुनिक प्रयोगका रुपमा यस्तो सेवा सुरु गरिएको बताइएको छ ।
सूचना प्रविधि क्षेत्रमा नेपालीहरुको ब्दै गएको आकर्षण ,प्रयोग तथा सरल र छिटो सेवा पाउने यथार्थलाई मध्यनजर गर्दै यो सेवाको सुरुवात गरेको आइएमइले जानकारी दिएको छ ।
सेवाग्राहीले आफ्नो स्मार्टफोनमा आइएमईको मोवाइल एप डाउनलोड गरेर आईमइका सेवा तथा नजिकका एजेन्ट लोकेसन,पठाउन चाहेको रकमका लागि लाग्ने शुल्क,आफ्नो ट्रान्जेकसनकको पछिल्लो स्थिीती तथा आइएमइका विभिन्न योजना तथा गतिविधिका बारेमा जानकारी लिन सकिन्छ ।
आइएमइ एप गुगल प्लेस्टोर,गुगल प्ले सर्भिस र एप्पल स्टोरबाट डाउनलोड गर्न सकिने बताइएको छ ।