विज्ञापनको तथ्यांक राख्न डेटा सेन्टर

929
  •  
  •  
  •  

काठमाडौं, १९ जेठ (ओएनएस):  नेपाल विज्ञापन संघले विभिन्न सन्चारमाध्यममा छापिएका विज्ञापनहरुको स्रोत केन्द्र स्थापना गर्ने उदेश्यका साथ डेटा सेन्टर स्थापना गरेको छ । उक्त डेटा सेन्टरमा मुलुकभरका दैनिक पत्रपत्रिकाहरुम छापिएका विज्ञापनहरुको वर्गिकृतरुपमा विवरण राखिने संघका अध्यक्ष राजकुमार भट्टराईले जानकारी दिए । संघले आयोजना गर्न लागेको आठौं कृति अवार्डमा मनोनित उत्कृष्ट पाँच विज्ञापनहरुको नाम सार्वजनिक गर्न आयोजित घोषणा कार्यक्रममा अध्यक्ष भट्टराईले राष्ट्रिय साप्ताहिकहरुको समेत सेन्टरमा तथ्यांक राखिने बताए ।

उक्त सेन्टरमा मुलुकभरका राष्ट्रिय दैनिकहरुमा छापिने विज्ञापनहरुको तथ्यांक राखिने र उक्त तथ्यांक आवश्यक व्यापारीक कम्पनिहरुलाई बिक्री गरिने संघले जानकारी दिएको छ । संघले सेन्टर स्थापना गर्न र संचालन गर्न मण्डला सिस्टमसँग सम्झौता समेत गरेको छ । सम्झौता अनुसार सिस्टमले प्राविधिक सहयोग गर्नेछ भने संघले आवश्यक विज्ञापनको तथ्यांक राख्नेछ । करिब १ लाख रुपैंयाको लगानीमा स्थापना गरिएको उक्त सेन्टर व्यवसायीकरुपमा भने असार १ गतेदेखि संचालन हुने संघले जनाएको छ ।

त्यसैगरि संघले कृति अवार्डमा उत्कृष्ट विज्ञापन, उत्कृष्ट क्रियटिभ, उत्कृष्ट रचनाकार, उत्कृष्ट मोडल, उत्कृष्ट, उत्कृष्ट रेडियो स्पष्ट, उत्कृष्ट रेडियो स्पटलगायतका २३ विधामा मनोनितहरुको नाम सार्वजनिक गरेको छ । असार ६ गते प्रज्ञा भवनमा आयोजना गरिने कृति अवार्डको लागि ३२ कम्पनिका ३ सय ३३ वटा विज्ञापन मनोनयमा परेका थिए ।


  •  
  •  
  •