ओलीको बिकल्प कोही छैन : गौतम

813
  •  
  •  
  •  

दाङ, २९ जेठ (ओएनएस) । नेकपा एमालेका उपाध्यक्ष तथा गृहमन्त्री बामदेव गौतमले आगामी नवौं महाधिवेशनबाट केपी ओली अध्यक्ष निर्वाचित हुने दाबी गरेका छन् । गौतमले ओलीलाई सकसम्म सहमति बाटै सहमति नभए भारी मत अन्तरले निर्वाचित हुने जिकिर गरे ।

प्रेस चौचारी बिहीहार दाङमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष गौतमले ओलीको पक्षमा सर्वसम्मत गराउने प्रयास भइरहेको बताए । ‘केपीजीको पक्षमा सहमति गराउने काम भइरहेको छ, उनले भने,‘ उहाँ (ओली) नै अबको अध्यक्ष हो ।

सहमतिबाट पनि निर्वाचनबाट पनि ।’गौतमले ओलीलाई माधव नेपालले सहज रुपमा सहयोग गर्नुपर्ने बताए । एमालेको नवौ महाधिवेसनलाई मध्यनजर गरेर  जिल्लामा तय गरिएको एउटा गुठको भेलालाई सम्वोधन गर्न गृह मन्त्री गौतम दाङ आएका हुन ।

सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका गौतमले सरकारको काम प्रभावकारी भइरहेको वताए । उनले संयुक्त सरकार भएकाले सहमति हुदा सम्म आफु सरकारमा बस्ने र सहमति तोडेकै दिन बाहिरिने वताए ।

उनले अहिले सरकारमा मिलेर काम गरिरहेको वताए । उनले अहिले सम्म गृह मन्त्रालयले  नागरिक हरुमा अमन चयन, शान्ति सुरक्षाको प्रत्याभुति दिलाएको उल्लेख गरे । सरकार अहिले गुण्डागर्दी र चोरी तस्करी दादागिरी गर्नेहरुलाई कारवाही गरिरहेका वताए ।

उनले बुधवार महिला सभासद माथि भएको हातपातको घटनालाई गम्भीर रुपमा लिएको भन्दै हातपात गर्नेलाई प्रहरी पक्राउ गरी कारवाही अघि वढाएको दाबी गरे ।


  •  
  •  
  •