अनन्तलिङ्गेश्वरबाट लिङ्ग हटाइयो

1028
  •  
  •  
  •  

काठमाडौं ३० पुस ।

अनन्तलिङगेश्वर नरपालिकाको पहिलो नगरपरिषद्ले नाम परिवर्तन गरेर अनन्तेश्वर राखेको छ । बालकोट, सिरुटार, दधिकोट र गुण्डु गाबिस गाभेर सरकारले गत मसिंर १६ मा अनन्तलिङगेश्वर नगरपालिका घोषणा गरेको थियो । नगरपालिकाको नाम लामो र अप्ठ्यारो भएकोले नगर परिषद्का प्रतिनिधिहरुको सर्वसम्मत निर्णयले परिवर्तन गरेको निमित्त कार्यकारी अधिकृत अर्जुन बहादुर रिजालले बताए । दधिकोटमा रहेको अनन्तलिङगेश्वर मन्दिरको नाममा नगरपालिकाको नाम राखिएको थियो । उक्त नाम संशोधनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाउने निर्णय भएको रिजालले बताए । कान्तिपुरबाट


  •  
  •  
  •