शुक्रबार, कार्तिक ३, २०७४ | Friday, October 20, 2017
न्युज अपडेट

यति कार्पेट उद्योगमा भीषण आगलागी

यति कार्पेट उद्योगमा भीषण आगलागी

काठमाडौं, ४ असार (ओएनएस) :  भक्तपुर नगरपालिकाको सल्लाघारीस्थित यति कार्पेट उद्योगमा भीषण आगलागी भएको छ ।

हिजो रातिदेखि लागेको आगलागी आज विहान आठ घण्टापछि नियन्त्रज्ञणमा लिइएको छ । आगलागीबाट करिब डेढ अर्ब बढीको क्षति भएको अनुमान गरिएको छ । उद्योगमा ट्रान्सफर्मर सर्ट भएर आगलागी भएको खुलेको छ ।

उद्योगी अनिल केडियाद्वारा सञ्चालित कार्पेट उद्योगमा दुई पक्की भवन, पाँचवटा जस्ताको टहरामा सञ्चालित कार्पेट उद्योग पूर्णरुपमा क्षति पुगेको छ । त्यस्तै, आगलागीबाट पोली फाइबर, केमिकल, रङ्ग, २ वटा गाडी, डिजेल स्टोर, डीएफओ तेल स्टोर पूर्णरुपमा नष्ट भएको यति कार्पेट उद्योगका म्यानेजर धमेन्द्र यादवले बताए ।

उद्योग पूर्ण रुपमा जलेर नष्ट भएकाले डेढ अर्ब बढी क्षति भएको अनुमान गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । आगो नियन्त्रण गर्न जुद्ध वारुण यन्त्रको २, नेपाली सेनाको २, काठमाडौंको २, ललितपुरको १, नेपाल प्रहरीको १ गरी ८ दमकलको प्रयोग गरिएको थियो ।

Comments are closed.

'
Scroll To Top