नेपालको लगानी र आर्थिक वृद्दिको अनुपातलार्इ लिएर विश्व बैंकले सार्वजनिक गर्‍याे यस्ताे प्रतिवेदन

25
  •  
  •  
  •  

काठमाडाैं, १५ कात्तिक (अाेएनएस) : विश्व बैंकले नेपालको लगानी र आर्थिक वृद्दिको अनुपातलार्इ विश्लेषण गरी प्रतिवेदन सार्वजनिक गरेकाे छ। उक्त विश्लेषणकाे अाधारमा बैंकले नेपालकाे विकास सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेकाे हाे । प्रतिवेदनमा नेपालको लगानी वृद्धि र आर्थिक वृद्धिको अनुपात सन्तोषजनक नरहेको उल्लेख छ ।

बिहिबार प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै विश्व बैकका नेपाल निर्देशक चिमाओ फ्यानले स्थिर सरकार भएपनि सोचेअनुसारको लगानी मैत्री वातावरण बन्न नसकेको बताएका हुन् ।

उनले राजनीतिक अस्थिरता समाप्त पारी पूर्वाधार निर्माण गर्दै नीजि क्षेत्रसँग साझेदारी गर्नका लागि नीतिगत सुधारमा ध्यान दिन सुझाव दिए । प्रतिवेदनमा विश्व व्यापार गर्न सहज १९० देशहरुको सूचीमा नेपाल १ सय ५ औं स्थानमा परेको उल्लेख छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here