नेपालमा महिलावाद

9
  •  
  •  
  •  

नेपालमा महिलावादी सोचसहितको आन्दोलनले शताब्दी पार गरेको छ । सन् १९१७ को रुसी क्रान्तिपछि क्लारा जेटिकन, रोसा लक्जेम्वर्ग, कोलोन्ताइहरु सामाजिक न्यायसहितको समाज निर्माणको नीति र कार्यक्रम कोर्दै थिए । त्यसै समय (वि सं १९७४) नेपाली समाजमा सती प्रथा, वालविवाह, बहुविवाह, अनमेलविवाह लगायतका महिलामाथि हुँदै आएको अत्याचारका विरुद्ध योगमायाको नेतृत्वमा सामुहिक आवाज उठ्न थालेको थियो ।

पूर्वी नेपाल भोजपुरको मजुवावेसीबाट समाजमा रहेको कुप्रथाको विरोध गर्ने मात्र होइन, रुपान्तरणको अगुवाइ आफैँबाट गर्नुपर्छ, भन्ने मान्यतालाई स्थापित गर्ने काम योगमायाको नेतृत्वमा हुँदै थियो ।

बिसौँ शताव्दीको उत्तरार्धमा आएर महिलावादी आन्दोलनले उठान गरेको “आफ्नो शरिरमाथि आफ्नो अधिकार“को शुरुवात नेपालमा बिसौँ शताव्दीको पुर्वार्धमा नै भइसकेको थियो । त्यस समयको परम्परागत मान्यतालाई चुनौती दिदै अन्यायका विरुद्ध समाज सुधारको आन्दोलन अगाडि बढाउने कुरा कम चुनौतीपूर्ण थिएन् । नेपालमा महिलावादी आन्दोलनको जग योगमायाको अगुवार्इमा त्यही आन्दोलनबाट शुरु भएको हो, जसले आज शताब्दी पुरा गरेको छ ।

योगमायाको नेतृत्वको समाज सुधार आन्दोलन महिलाको विषयमा मात्र थिएन । वर्गीय रुपमा गरिब परिवारमाथि जमिन्दारले लगाउदै आएको “कान्छी–पाथी र जेठी¬–पाथी“ अनि “अन्न पच्चिसा“ जस्ता आर्थिक अनियमितता र दासप्रथाको विरुद्धमा पनि थियो । व्रम्हत्व ज्ञानका आधारमा प्राप्त हुने कुरा हो, जन्मका आधारमा होइन भन्दै जन्मका आधारमा कोही सानो–ठुलो हुदैन भनेर जातिय विभेदका विरुद्ध आवाज मात्र उठाइएन । समाजमा बुजु्रकका रुपमा रहेका सामन्तहरुको अनेक अवरोधका बावजुद्ध समाज सुधार अभियानमा फरक जात–जाति, धर्म–संस्कार र शारिरीक अवस्था भएका महिला–पुरुष सबैलाई धार्मिक र सामाजिक गतिविधिमा समान रुपमा सहाभागि हुन ढोका खुल्ला गरियो । यी विषयहरु विश्वमा चल्दै आएका समाजवादी अवधारणासंग मेल खान्छ ।

यसरी आज विविधतासहितको समाजमा वर्गीय शोषण र पितृसत्ता विरुद्ध साझा रुपमा लडिने समाजवादी महिलावादी अवधारणा कसैबाट सिकेको भन्दा पनि नेपाली समाजको आफ्नो भोगाइको उपज हो भन्ने कुरा गर्वका साथ भन्न सकिन्छ ।

धर्म भिक्षाको माग राख्दै पटकपटक राणा शासकसंग वार्ता गर्दा पनि सुधारको वाटोमा अगाडी बढ्नुका बदला १९९७ मा उल्टै परिवर्तनका अभियन्ता चारजना आटिला र साहसी युवालाई फासी दिएपछि सामाजिक न्यासहितको समाज हुनेमा विश्वास टुटेपछि योगमाया र उहाका समर्थकहरुले १९९८ असार २२ गते विद्रोह स्वरुप सामुहिक जलसमाधी लिन पुगे ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here