मंगलवार, आषाढ १३, २०७४ | Tuesday, June 27, 2017
न्युज अपडेट

अन्यको उम्मेदवारी नपरेपछि बझाङमा एमालेको प्यानल नै निर्बिरोध

bajhang_district

बझाङ, ५ असार (आएनएस) : मनोनयन दर्ताका क्रममा कुनै पार्टी तथा स्वतन्त्र व्यक्तिको उम्मेदवारी नपरेपछि बझाङको काँडा गाउँपालिकामाको एउटा वडामा नेकपा एमालेको प्यानल नै निर्बिरोध निर्वाचित भएको छ ।

काडा गाउँपालिकाको वडा नम्बर ५ का एमाले उम्मेदवार धनन्जय बोहरासहितको प्यानल नै विजयी भएको हो ।

मुख्य निर्वाचन कार्यालयले समेत कसैको उम्मेदवारी नपरेपछि एमालेको प्यानल नै निर्बिरोध भएको जनाएको छ । यसअघि काँडा गाउँपालिकाको संरचना बन्नेक्रममा विवाद उम्पन्न भएको थियो । 

Comments are closed.

'
Scroll To Top