वाइडबडि प्रकरणमा दोषी देखिएका व्यक्तिमाथि कारबाही हुन्छ : मन्त्री पोखरेल

27
  •  
  •  
  •  

पोखरा, २१ पुस(ओएनएस) : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाइडबडी जहाज खरिद प्रकरणमा सरकारले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेको बताएका छन् ।

प्रेस संगठन नेपाल कास्कीद्वारा शनिबार आयोजित पत्रकार भेटघाटमा मन्त्री पोखरेलले सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले छानबिनको प्रतिवेदन मूलसमितिमा नपठाई सार्वजनिक गर्नु बदनियत देखिएकाले सत्यतथ्य पता लगाउन उक्त आयोग गठन गरिएको स्पष्ट पारे ।

आयोगद्वारा तयार पारिएका प्रतिवेदनको आधारमा दोषी देखिएका व्यक्तिमाथि सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउने समेत उनले बताए ।

उपप्रधानमन्त्री पोखरेलले रेशम चौधरीको शपथ ग्रहणको विषयमा फौजदारी अभियोग लागेपछि संसद् सदस्यता नरहने र कारबाही गर्ने तत्कालीन एमालेका सांसदले यसअघिको संसद्को छलफलमा अडान लिएको स्मरण गराए ।

जनताको मतबाट निर्वाचित भएपछि निर्वाचन आयोगको प्रमाणपत्र पाउने देखिएको उल्लेख गर्दै उनले सबै विषयलाई ध्यानमा राखेर संसदमा सपथ ग्रहण गराइएको बताए ।


  •  
  •  
  •