वाइडबडी खरिद प्रकरण : चार शीर्षकमा आर्थिक हिनामिना(प्रतिवेदनसहित)

33
  •  
  •  
  •  

काठमाडौं, १८ पुस(ओएनएस) : सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले नेपाल वायुसेवा निगमले खरिद गरेको दुई वटा वाइडबडी जहाजमा ४ अर्ब ३५ करोड ५६ लाख हिनामिना गरेको ठहर गरेको छ ।

राजन केसीको उपसमितिले तयार गरेको प्रतिवदेनमा जहाज खरिद गर्दा ४ शीर्षकमा आर्थिक हिनामिना भएको उल्लेख छ ।
जहाज खरिद प्रक्रियामा २४३ मेट्रिक टनको जहाज भनेर उल्लेख गरे पनि २ सय ३० मेट्रिक टनको जहाज ल्याउँदै ८४ लाख अमेरिकी डलर अर्थात् ९४ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ ।

एयरबस कम्पनीको तत्कालीन मूल्य र छुट रकमलाई नलिई गलत मनासयले ८ वर्ष पुरानो मूल्यमा वार्षिक मूल्यवृद्धि समायोजन गरेको समेत प्रतिवदेनमा उल्लेख गरिएको छ ।

हेर्नुहोस् प्रतिवेदन


  •  
  •  
  •