वाइडबडी खरिद प्रकरणमा दुई बहालवाला सचिवलाई निलम्बनको सिफारिस

४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ घोटाला
31
  •  
  •  
  •  

काठमाडौं, १८ पुस(ओएनएस) : संसदीय उपसमितिले वाइडबडी खरिद प्रकरणमा दुई बहालवाला सचिवलाई निलम्बन गर्न सिफारिस गरेको छ ।

नेपाल वायू सेवा निगमको दुई वटा वाइडबडी जहाज खरिदमा अनियमितता भएको भन्दै संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले निलम्बनको सिफारिस गरेको हो ।

निलम्बनको सिफारिस गरिएको बहालवाला सचिवमा पूर्व पर्यटन सचिव तथा हालका गृह सचिव प्रेमकुमार राई, पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार रहेका छन् ।

उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई समेत कारबाहीको सिफारिस गरेको छ । संसदीय समितिमै झुट बोलेको र जिम्मेवारीबाट टाढा बसेका कारण वाइडबडी खरिदमा भएको भ्रष्टाचारमा उनको समेत मिलेमतो हुनसक्ने उपसमितिको ठहर छ ।

यसैबीच सोही प्रकरणमा उपसमितिले पूर्व पर्यटन सचिव शंकर अधिकारीलाई पनि कारबाही गर्न सिफारिस गरिएको छ । यस्तै उपसमितिले तत्कालीन पर्यटन मन्त्रीद्वय जिवनबहादुर शाही र जितेन्द्र देवले नैतिक जिम्मेवारी नलिएका कारण कारवाहीको सिफारिस गरेको छ ।

उपसमितिले वाइडबडी जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ घोटाला भएको बताएको छ ।


  •  
  •  
  •