विप्लव कार्यकर्ताको धम्किपछि दुर्इ वडा कार्यालय बन्द

23
  •  
  •  
  •  

काठमाडाैँ, ३ बैशाख (अाेएनएस) : संखुवासभामा विप्लव कार्यकर्ताले धम्कि दिएपछि वडा कार्यालय बन्द दुर्इ वडा कार्यालय बन्द भएका छन् । पाँचखपन नगरपालिकाको ८ र ९ नम्बरका वडा कार्यालय बन्द भएका हुन् ।

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले दुवै अध्यक्षलार्इ कार्यालय नखोल्न धम्की दिइएकाे बताइएकाे छ।

वडा नम्बर ८ का वडा अध्यक्ष छत्र न्यौपानेका अनुसार चैत २९ गते राति विप्लवका कार्यकर्ताले चुङखुरुङमा रहेको संयुक्त वडा कार्यालय परिसरमा झन्डा गाडेका थिए। साथै कार्यालयको साइन बोर्डसमेत लगेका थिए ।

विप्लवका कार्यकर्ताको धम्कीपछि वडा कार्यालयहरु बन्द भएको थाहा पाउनासाथ कार्यालय खोल्न आइतबार नै सुरक्षाको टोली पठाइसकिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए ।

 

 


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here