बिहीबार, असोज ५, २०७४ | Thursday, September 21, 2017
न्युज अपडेट

प्रदेश नं २ मा शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण गरिने

matadata-namabali

काठमाडौं, २८ भदौ (ओएनएस): तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले यही भदौ ३० देखि (शुक्रबार)देखि मतदाता परिचय वितरण गर्ने भएको छ ।

प्रदेश नं २ मा हुने निर्वाचनका लागि आयोगले भदौ ३० गतेदेखि असोज १ गतेसम्म मतदाता परिचयपत्र वितरण गर्ने जनाएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा यहाँ २६ लाख ६४ हजार ७९२ मतदाता छन् ।

असोज २ गते हुने निर्वाचनमा बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको मिति तय गरिएको छ । आयोगले सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन मतदातालाई सही रुपमा मत संकेत कसरी गर्ने भन्ने विषयमा जानकारी दिने व्यवस्था पनि मिलाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

निर्वाचन शिक्षालाई व्यापक तुल्याउन २ नं प्रदेशमा निर्वाचन शिक्षाका लागि तीन हजार ५०० भन्दा बढी मतदाता शिक्षा कार्यकर्ता र स्वयमसेविका परिचालन गरिएको छ ।

तेस्रो चरणको स्थानीय तहको निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका विभिन्न पदमा छ हजार ६२७ प्रतिनिधिको चयन हुने छ ।

Comments are closed.

'
Scroll To Top