सीमा विवादले भ्यूटावर निर्माणको काम अलपत्र, सकियाे म्याद

56
  •  
  •  
  •  

काठमाडौं, २५ असाेज (ओएनएस) : तेह्रथुम र सङ्खुवासभाका जिल्लावासी लामाे समयदेखि चल्दै अाएका सीमा विवादले भ्यूटावर निर्माणको काम अलपत्र परेकाे छ। तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको सीमास्थित तीनजुरे पाथीभरा डाँडामा भ्यूटावर निर्माणको काम अलपत्र परेको हाे। टावर निर्माण भइरहेको जमीनमा तेह्रथुम या सङ्खुवासभा दुबै तर्फका नागरिकले दावी गरेपछि विवाद वढ्दा निर्माणको काम रोकिएको बताइएकाे छ।

सीमा विवादका कारण भ्यूटावर निर्माणको काम एक वर्षदेखि ठप्प रहेकाे लालीगुराँस नगरपालिका हरि तामाङले बताए काम थालेपछि स्थानीयवासी बीच सिमा विवाद देखिएको हो। अहिले टावर निर्माणका लागि सम्झौता भएको म्यादसमेत सकिएको छ। दुई जिल्लाका बासिन्दाको आपसी मतभेदका कारण पर्यटकीय क्षेत्रको विकास रोकिएको स्थानीयवासी छिरिङ लामाले बताए।

कामको जिम्मा लिएको सरोज निर्माण सेवाले निर्माणका सामग्रीसमेत त्यत्तिकै छाडेर हिँडेको छ। दुई वर्षमा काम सक्ने गरी दुई करोड १३ लाख रुपैयाँमा भ्यु टावरको ठेक्का लिएको उक्त कम्पनीले सुरुमा करीब छ महीना ढिला गरेर काम थालेको थियो।

टावर निर्माणस्थल तेह्रथुमको लालीगुराँस नगरपालिका–१, साविक बसन्तपुर–४ मा पर्ने भन्दै राजनीतिक दल, जनप्रतिनिधि र स्थानीयवासीले भ्यूटावर निर्माण थालेका थिए। पर्यटन मन्त्रालयको सहयोगमा बन्न लागेकोे सो टावरको प्रतिनिधिसभा सदस्य भवानीप्रसाद खापुङ र तत्कालीन प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले संयुक्त रूपमा शिलान्यास गरेका थिए।

तर भ्यूटावर निर्माण शुरु भएपछि उक्त जमीन सङ्खुवासभामा पर्ने र सो योजना सङ्खुवासभाले पाउनुपर्ने माग गर्दै स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेताले काममा अवरोध पु¥याएका हुन्। भ्यूटावर निर्माण र जमीनभन्दा पनि जनप्रतिनिधिको आँखा त्यसबाट आउने राजस्वमा गएको देखिन्छ। लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले भ्यूटावर निर्माणले दुई वटै जिल्लाको विकासमा सहयोग पुग्ने भएकाले जमिन जसको भए पनि निर्माण नरोक्न आग्रह गरे।

चार तलाको सो भ्यूटावरको पहिलो तलामा सूचना केन्द्र, दोश्रो तलामा खुद्रा पसल, तेस्रो तलामा क्याफे र चौथो तलामा भ्यूप्वाइन्ट बनाउने योजना छ।


  •  
  •  
  •