भन्सार छलेर ल्याइएको सामान भन्सारमै बुझाइयो

795
  •  
  •  
  •  

पर्सा, १० माघ(ओएनएस) : भन्सार छलेर ल्याइएको १ लाख रुपैयाँ मूल्य बराबरका सामान सशस्त्र प्रहरीले बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

सशस्त्र प्रहरीले वीरगञ्जको भकुवा नाका, रजतजयन्ती चोक र छपकैयामा सुरक्षा जाँचका क्रममा उक्त परिमाणको सामान बरामद गरेको हो ।

भन्सार छलेर साइकलमा ल्याउँदै गरेको लत्ताकपडा, मोटर पार्टस, स्टेशनरी सामान बरामद रिएको हो ।

बरामद गरिएको सामान वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिर्सियाका सशस्त्र प्रहरी निरीक्षक जीवनकुमार मल्लले जानकारी दिए ।


  •  
  •  
  •