अमेरिकी महान्यायाधिवक्ता बर्खास्त

704
  •  
  •  
  •  

काठमाडौं, २२ (एजेन्सी) : अमेरिकाका महान्यायाधिवक्ता जेफ सेसन्सलाई पदबाट बर्खास्त गरिएको छ। उनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले पदमुक्त गरेका हुन्।

AFP

ट्वीट गर्दै ट्रम्पले भनेका छन्, ूहामी महान्यायाधिवक्ता जेफ सेसन्सलाई धन्यवाद दिन चाहन्छौँ र उनको राम्रो होओस् भन्ने कामना गर्दछौँ।’

तत्कालका लागि सेसन्सको स्थान उनका वरिष्ठ सहयोगी ‘चिफ अफ स्टाफ’ म्याथ्यु ह्वीटेकरले लिने बीबीसीले समाचारमा उल्लेख गरेको छ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा मस्कोको आरोपित हस्तक्षेपबारेको अनुसन्धानको ह्वीटेकरले आलोचना गर्दै आएका छन्।

राजीनामापत्रमा सेसन्सले महान्यायाधिवक्ता पद छाड्ने निर्णय आफ्नो नभएको बताएका छन्।


  •  
  •  
  •