अमेरिकामा भीषण गोलीबारी, ५० जनाको मृत्यु, २०० भन्दा बढी घाइते (भिडियोसहित)

53
  •  
  •  
  •  

लस भेगास, १६ असोज (एजेन्सी) । अमेरिकाको लास भेगस सहरस्थित एउटा क्यासिनो रिजोर्टनजिकै भीषण गोली चलेको छ। बीबीसीले प्रत्यक्षदर्शीहरुर्लाइ उद्धृत गरेअनुसार म्यान्डले बे क्यासिनोको माथिल्लो तल्लाबाट गोली हानिएको थियो।

सांगीतिक कार्यक्रममा सहभागी भएका मानिसहरु गोली चल्न थालेपछि भागिरहेको दृश्य भिडिओ फूटेजमा देखिन्छ। गोली लागेकाहरुलाई एउटा स्थानीय अस्पताल पुर्‍याइएको छ।

हताहतीबारे आधिकारिक विवरण प्राप्त भएको छैन।

कम्तीमा ५० जनाको ज्यान गएको र २०० जना घाइते भएको अनुमानहरु सार्वजनिक भएका छन् ।

घाइतेहरुमध्ये १२ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

रातिको साढे १० बजे गोली चल्न थालेको र सयभन्दा बढी राउण्ड गोली चलेको आवाज सुनिएको एजेन्सीहरुले जनताएका छन् । मानिसहरु होटल, रेष्टुराँ र स्थानीय विमानस्थलमा शरण लिइरहेका छन्।

तस्बिर : गार्डियन

गार्डियनको भिडियो रिपोर्ट हेर्नुहोस् –

 


  •  
  •  
  •