उपेन्द्रले पैसा खाए, प्रमाण चाहिए देखाउँछु : राजपा नेता

 

????????????????????????????????????

काठमाडौं, ५ असार (ओएनएस) : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता मनिष सुमनले संघीय समाजबादीका अध्यक्ष उपेन्द्र यादवमाथि पैसा खाएर चुनावमा गएको गम्भीर आरोप लगाएका छन् ।

सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेता सुमनले उपेन्द्र यादवले आफ्नो एजेण्डा भुलेर मधेशी जनतालाई धोका दिएको बताए । उनले उपेन्द्रले पैसा खाएर चुनावमा गएको र आवश्यक परे प्रमाण पनि देखाउन तयार रहेको दाबी गरेका छन् ।

राजपाले स्थानीय निर्वाचनलाई सशक्त बहिष्कार गरेको भन्दै शान्तिपूर्ण तरिकाले चुनाव बहिष्कार गर्न पाउनुपर्ने बताए । सरकारले मागहरुबारे चाँसो नराखेको बताउँदै सरकारको चर्को विरोध गरे ।

SHARE