शनिबार, भाद्र ३, २०७४ | Saturday, August 19, 2017
न्युज अपडेट

दोलखाको मेलुङमा एमाले विजयी

दोलखाको मेलुङमा एमाले विजयी

दोलखा,  ११ जेठ (ओएनएस) : दोलखाको मेलुङ गाउँपालिकामा एमाले नेतृत्व निर्वाचित भएको छ । यहाँ अध्यक्ष र उपाध्यक्षसहित चारवटा वडाहरुमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् ।

अहिले भर्खरै सम्पन्न मतगणनाअनुसार एमालेका नरबहादुर श्रेष्ठले कांग्रेसका बर्मा लामालाई ८६ मतले पछाडि पार्दै विजय हासिल गरेका हुन् ।
यसैगरी, उपाध्यक्ष पदमा एमालेकै कल्पना भण्डारी विजयी भएकी छन् । उनी माओवादी केन्द्रका कृष्ण कार्कीभन्दा ६०० मत बढी ल्याएर विजयी भएकी छन् ।

गत वैशाख ३१ गते उक्त गाउँपालिकाको वडा नं. १ स्थित पवटी केन्द्रमा मतदान स्थगित भएको थियो । जेठ ७ गते पुनः मतदान भएको थियो । यस गाउँपालिकाको वडा नं. १, २, ३ र ७ मा एमाले, र ६ मा कांगेस र ५ माओवादी केन्द्रका वडा अध्यक्ष जितेको छ । त्यहाँ कांग्रेस माओवादी केन्द्रको गठबन्धन थियो ।

Comments are closed.

'
Scroll To Top