प्रदेश न‍ं. २ मा पहिलो बन्ने एमाले रणनीति, सबै शक्ति परिचालन गर्ने

200
  •  
  •  
  •  

UML-meeting
काठमाडौं, ७ भदौ (ओएनएस) : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश नम्बर २ मा पहिलो पार्टी बन्ने रणनीति तयार पारेको छ । पहिलो पार्टी बन्न एमालेले २ नम्बर प्रदेशमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज विहानै बसेको स्थायी कमिटी बैठकले २ नम्बर प्रदेशमा असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यस्तै, आगामी मंसीर १० गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गर्दै दुबै चुनाव सफल पार्न पनि पार्टी परिचालन गरिने जनाएको छ । त्यस्तै, एमालेले असन्तुष्ट राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई नर्वाचनमा सहभागी हुन पुनः आहृवान गरेको छ ।


  •  
  •  
  •